उम्मेदरवार तय गर्न रामचन्द्र पौडेल समूहको बैठक
उम्मेदरवार तय गर्न रामचन्द्र पौडेल समूहको बैठक काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ । सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक बसिरहेको छ । बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ । बैठकमा वरिष्ठ नेता पौडेलसहित नेताहरु सहभागी छन् ।…
सम्पत्ती न्यूज
२२ मंसिर २०७८, बुधबार