सौताको छोरालाई बिष खुवाई हत्या गर्ने महिला पक्राउ

  Sampatti News

December 6, 2021

सौताको छोरालाई बिष खुवाई हत्या गर्ने महिला पक्राउ

खेम राज खनाल,कैलाली-सौताको छोरोलाई बिष खुवाई हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली धनगढीमा डेरा गरी बस्ने बर्ष ३५ की मागी रोकायाले आफ्नो सौता निर्मला थापामगरको छोरालाई दुधमा मुसा मार्ने औषधी मिसाई खुवाएर हत्या गरेकी हुन् ।

मागी रोकाया र निर्मला थापामगरको श्रीमान बहादुर रोकायाले भारतबाट आफन्तलाई फोन गरी मागी रोकायाबारे के कहा छ बुझी दिन आग्रह गरेका थिए ।

आफन्त मागी रोकायाको कोठामा जादा कोठामा बालकको खुट्टा देखिएपछी आफन्त र स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनास्थलमा जादा उक्त कोठा भित्र मागी रोकायासंगै बस्ने गरेका निजको सौता निर्मला थापामगरको छोरा निशान्त थापामगरलाई मृत अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट बिशेष अनुसन्धान टोलीले अनुसन्धान गर्दा मागी रोकाया भारतको हरियाणामा रहेको पत्ता लगायो ।

भारतीय प्रहरीको सहयोग र समन्वयमा प्रहरीले मागी रोकाया पक्राउ

प्रहरी निरीक्षकको कमाण्डमा भारतीय प्रहरीको सहयोग र समन्वयमा प्रहरीले मागी रोकायालाई भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मागी रोकायाको श्रीमान बहादुर रोकाया रोजगारीको सिलसिलामा करीब ३ बर्ष देखि निर्मला थापामगरसंग भारत मै विवाह गरी संगै बस्दै आई रहेको पत्ता लागेको छ ।

मागी रोकाया ३ बर्ष देखी नै छोरी र छोरालाई पढाउन घनगढीमा बसोबास गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ ।

बहादुर रोकायाले निर्मलालाई विवाह गरेर छोरा निशान्तलाई पढाउन घनगढीको हिमालय एकेडमीमा बोर्डस राखेका थिए ।

करीब २ बर्ष अघि देखि बहादुर रोकायाको जेठी श्रीमती मागी रोकायाले निशान्तलाई समेत आफुसँगै राखेर स्कुल पढाउदै आएको पाईएको छ ।

मागी रोकाया र निजका श्रीमान बीच बादबिवाद गालीगलौज भईरहने र घटना अगाडी समेत श्रीमान श्रीमती बिच वादविवाद र झैझगडा भएको रिसले मागी रोकायाले निशान्त थापा मगरको दुधमा मुसा मार्ने औषधी राखेर खुवाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

निशान्त थापा मगरको हत्यागरी आफ्ना छोरा र छोरी सहित मागी रोकाया भारत गएर बसेको प्रहरीले जनाएको छ ।

निज मागी रोकाया बिरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान कार्य जारी राखेको बताएको छ।

सौताको छोरालाई बिष खुवाई हत्या गर्ने महिला पक्राउ

प्रकाशित मिति:December 6, 2021