सौताको छोरालाई बिष खुवाई हत्या गर्ने महिला पक्राउ

Nepal Cover
२० मंसिर २०७८, सोमबार
image

सौताको छोरालाई बिष खुवाई हत्या गर्ने महिला पक्राउ

खेम राज खनाल,कैलाली-सौताको छोरोलाई बिष खुवाई हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली धनगढीमा डेरा गरी बस्ने बर्ष ३५ की मागी रोकायाले आफ्नो सौता निर्मला थापामगरको छोरालाई दुधमा मुसा मार्ने औषधी मिसाई खुवाएर हत्या गरेकी हुन् ।

मागी रोकाया र निर्मला थापामगरको श्रीमान बहादुर रोकायाले भारतबाट आफन्तलाई फोन गरी मागी रोकायाबारे के कहा छ बुझी दिन आग्रह गरेका थिए ।

आफन्त मागी रोकायाको कोठामा जादा कोठामा बालकको खुट्टा देखिएपछी आफन्त र स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनास्थलमा जादा उक्त कोठा भित्र मागी रोकायासंगै बस्ने गरेका निजको सौता निर्मला थापामगरको छोरा निशान्त थापामगरलाई मृत अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट बिशेष अनुसन्धान टोलीले अनुसन्धान गर्दा मागी रोकाया भारतको हरियाणामा रहेको पत्ता लगायो ।

भारतीय प्रहरीको सहयोग र समन्वयमा प्रहरीले मागी रोकाया पक्राउ

प्रहरी निरीक्षकको कमाण्डमा भारतीय प्रहरीको सहयोग र समन्वयमा प्रहरीले मागी रोकायालाई भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मागी रोकायाको श्रीमान बहादुर रोकाया रोजगारीको सिलसिलामा करीब ३ बर्ष देखि निर्मला थापामगरसंग भारत मै विवाह गरी संगै बस्दै आई रहेको पत्ता लागेको छ ।

मागी रोकाया ३ बर्ष देखी नै छोरी र छोरालाई पढाउन घनगढीमा बसोबास गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ ।

बहादुर रोकायाले निर्मलालाई विवाह गरेर छोरा निशान्तलाई पढाउन घनगढीको हिमालय एकेडमीमा बोर्डस राखेका थिए ।

करीब २ बर्ष अघि देखि बहादुर रोकायाको जेठी श्रीमती मागी रोकायाले निशान्तलाई समेत आफुसँगै राखेर स्कुल पढाउदै आएको पाईएको छ ।

मागी रोकाया र निजका श्रीमान बीच बादबिवाद गालीगलौज भईरहने र घटना अगाडी समेत श्रीमान श्रीमती बिच वादविवाद र झैझगडा भएको रिसले मागी रोकायाले निशान्त थापा मगरको दुधमा मुसा मार्ने औषधी राखेर खुवाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

निशान्त थापा मगरको हत्यागरी आफ्ना छोरा र छोरी सहित मागी रोकाया भारत गएर बसेको प्रहरीले जनाएको छ ।

निज मागी रोकाया बिरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान कार्य जारी राखेको बताएको छ।

सौताको छोरालाई बिष खुवाई हत्या गर्ने महिला पक्राउ