December 6, 2021
सुदूरपश्चिममा केपी ओलीको पार्टी त खत्तम: माधव नेपाल
काठमाडौं-नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी ‘एक नम्बरको र एमाले खत्तम’ भएको बताएका छन् ।
प्रदेश १ मा आयोजित खेलकुद महासंघको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्
उनले कर्णालीमा आफ्नो पार्टी सशक्त रहेको र किर्तीमान कायम गरेको बताए ।
उनले भने “सुदूरपश्चिम प्रदेशमा हामी सबैभन्दा बलिया छौँ । दुई नम्बर माओवादी पार्टी छ । तीन नम्बर कांग्रेस पार्टी छ । केपी ओलीको पार्टी त खत्तम ,” उनले भने ।
प्रदेश २ मा आफूहरू अत्यन्त बलियो रहेको उनले बताए । प्रदेश २ मा ओलीको पार्टीको हरिबिजोग भएको उनले दाबी गरे ।
उनले एक नम्बर प्रदेशको नामाकारण छिट्टै गर्न सुझाव दिए । नाम राख्दा सिंगो देशलाई राम्रो सन्देश दिन उनले आग्रह गरे ।
सुदूरपश्चिममा केपी ओलीको पार्टी त खत्तम: माधव नेपाल
प्रकाशित मिति:December 6, 2021
November 24, 2024