खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

  Sampatti News

December 7, 2021

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

हेटौँडा-कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो ।

उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् ।

उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

प्रकाशित मिति:December 7, 2021