प्रस्तावित महालेखापरीक्षकको संसदीय सुनुवाइ प्रक्रिया अघि ढाउन बैठक बस्दै
प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १०ः३० बजे बोलाइएको छ । आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । महालेखापरीक्षकमा सिफारिस भएका राय राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव हुन् । यसअघि राय अर्थ सचिव थिए ।
सम्पत्ती न्यूज
१९ चैत्र २०८०, सोमबार