व्यापारी विशाल पण्डितसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा

Nepal Cover
१८ चैत्र २०८०, आईतवार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेब मेहता, लेखा अधिकृत, इन्जिनियरसहित छ जना विरुद्ध मुद्दा दायर गरेको छ।

कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो । बसेरा होटलका मालिकसमेत रहेका पण्डित कोभिडको बेलामा ‍पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा आएका व्यक्ति हुन् । करिब तीन करोड बिगो मागदाबी गरिइएको छ ।

व्यापरी पण्डितसहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका कार्यरत बायोमेडिकल इन्जिनियर कुसल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेता, स्वास्थ्य निर्देशनालय धनकुटकाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनल प्रालि र हस्पिटेकका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यलाई प्रतिवादी बनाइएको छ ।

नरहरि घिमिरेका अनुसार तेस्रो हुने र पहिलो हुने फर्महरूले गरेको कवोल रकमको अन्तर २ करोड ८ लाख ६६ हजार ५० रुपैयाँ छ। आयोगले त्यति नै रकममा बिगो कायम गरेको हो।