नागरिक उन्मुक्ति पार्टीका दुई समूहकाे नेताहरूबीच हात हालाहाल
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् ।…
सम्पत्ती न्यूज
१९ चैत्र २०८०, सोमबार