बझाङमा पहिरोले घर बगाउदा ४ जना वेपत्ता, ५ जनाको उद्धार
काठमाडौं । बझाङमा गएराती पहिरो जाँदा ४ जना बेपत्ता भएको खबर प्राप्त भएको छ । आइतबार राति बुङ्गल नगरपालिका १० स्थित चुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएको बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिएका छन् । बोहोरकाअनुसार पहिरोमा पुरिएका ५ जनाको उद्धार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
सम्पत्ती न्यूज
३ भाद्र २०८१, सोमबार