काठमाडौं । शुक्रबार मध्यराति पशुपतिको कोटिहोमको घटनाबार छानविन गर्न समिति गठन गरिएको छ । शुक्रबार कोटिहोममा प्रहरीले एक महिनासम्म कोटिहोमको आयोजना गरेर बसेका विजय भण्डारी उर्फ विजयकृष्णमूर्तिजी महाराजलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै पशुपति क्षेत्रमा तनाव भएको थियो ।
सोहि घटनाका विषयमा छानविन गर्न शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक गंगा पौडेल, सशस्त्र प्रहरी बल २० गण सिनामंगलका सप्रनाउ प्रमोद यादव, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महासंघका गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसन नेपालका विष्णुकुमार थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका अधिकृत अनुपम पौडेल रहेका छन्।