सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो ?

Nepal Cover
२ भाद्र २०८१, आईतवार
image

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपैयाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।