माओवादीले व्यक्तिको नाममा लैजान लागेको शेरा दरबारबारे छानबिन गरी कारबाही गर्न गृहमन्त्री लेखकको निर्देशन
काठमाण्डू, गृहमन्त्री रमेश लेखकले माओवादीले कब्जामा लिएर व्यक्तिको नाममा लैजान लागेको नुवाकोटाको शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा घटनाको गम्भीर रूपमा छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख दीपक थापालाई उक्त घटनाबारे गम्भीर छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएका हुन् ।…
सम्पत्ती न्यूज
१४ पुष २०८१, आईतवार