December 29, 2024
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक २१.१२ अंकले घटेर दुई हजार ६०९.५८ अंकमा बजार बन्द भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स २.४६, फ्लट इन्डेक्स १.४२ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.८४ अंकले घटेको छ । १३ उपसमूहमध्ये लघुवित्त, म्युचुअल फण्ड र अन्यबाहेक अन्य १० उपसमूहको शेयर घटेको बजारमा १७२ कम्पनीले घाटा बेहोरेका छन् । कारोबारमा आएका बाँकी ६९ कम्पनीले नाफा कमाउँदा २ कम्पनीको शेयर स्थिर छ ।
यसदिन ५ कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत गुमाएका हुन् । यसदिन महिला लघुवित्त वित्तीय संस्थाको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।
यसदिन ६६ हजार ७७४ पटकमा ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रकाशित मिति:December 29, 2024
January 1, 2025