विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

Nepal Cover
१२ पुष २०८१, शुक्रबार
image

काठमाण्डू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

प्रतिवादी साकिर अहमद सहितका भ्रस्टारचारको मुद्दामा असहमत हुँदै पुनरावेदन गरिएको हो ।

आयोगले दर्ता गरेका विशेष अदालत काठमाडौँबाट यही वैशाख १३ गते फैसला भएका मुद्दा चित्त नबुझेपछि शुक्रबार सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।