नयाँ दिल्ली । अदानी ग्रुपका कम्पनीका सेयर मूल्यमा भएको तीव्र वृद्धिका कारण गौतम अदानी फेरि एकपटक विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा परेका छन्। मंगलबार सेयर बजारमा सूचीकृत गौतम अदानीका १० वटै कम्पनीको सेयरमा तीव्र उछाल आएको छ । केही शेयरको मूल्यमा २० प्रतिशतसम्मको वृद्धि देखिएको छ । यसले समूहको कुल बजार पुँजी १ लाख करोड रुपैयाँभन्दा बढी बढेको छ।…