इजरायल आक्रमणमा बन्धक बनाइएका १३ जनाको हत्या

Nepal Cover
२६ आश्विन २०८०, शुक्रबार
image

काठमाडौं । प्यालेस्टाइनी आतंकबादी समूह हमासले इजरायल क्षेत्रबाट अपहरण गरेका १३ जनाका हत्या गरेको छ । हमास समूहले इजरायलले अक्टोबर ७ मा आक्रमण गर्ने क्रममा १५० भन्दा मानिसहरुलाई नियन्त्रणमा लिएको थियो ।

इजरायली हवाई हमलामा अपहरणमा परेका १३ जना मारिएको हमास समूहले दाबी गरेको छ।  हमासको सैन्य समूहले पछिल्लो २४ घण्टामा विदेशीसहित १३ जना अपहरणमा रहेका बन्धक मारिएको दाबी गरेको हो।

अपहरणमा लिएका इजरायलीसहित विदेशी नागरिकलाई विभिन्‍न स्थानमा राखिएको र पाँच स्थानमा राखिएका १३ जना इजराली हवाई हमलामा मारिएको हमास समूहले दाबी गरेको छ ।

यसअघि हमास समूहले इजरायली सेनाले आक्रमण निरन्तर जारी राखेको अवस्थामा अपहरणमा लिइएका बन्धकहरुलाई लाइभ देखाएर हत्या गर्ने चेतावनी दिएको थियो ।