विराटनगर-प्रदेश १ मा एमाले नेता भीम आचार्यले सोमबार मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन् । पाँच दलीय गठबन्धनको समर्थन तथा साझा उमेद्वारको रुपमा राई प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका हुन् । प्रदेश नं. १ का नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता समेत रहेका राईलाई मंगलबार दिउँसो मुख्यमन्त्री पदको सपथ गराउने प्रदेश प्रमुखको कार्यालयले…