विकट क्षेत्रको बिकासमा सभापती खड्काको गम्भिर चासो सहित स्थलगत अनुगमनः छिटै कार्यसम्पन्न गर्न निर्देशन

  Sampatti News

November 1, 2021

हुम्ला-व्यबस्थापिका संसद विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काको नेतृत्वमा कर्णाली सुदूरपश्चिम पुगेको संसदहरुको टोलिले कर्णाली कोरिडोर सडक आयोजना र दार्चुलामा सेना मार्फत भएका कामहरू तथा त्यस क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अवस्था बारे स्थलगत निरीक्षण सम्पन्न गरेको छ ।

निरीक्षण लगत्तै सभापति खड्काले राजनीतिक दलका जिल्ला नेता सडक निर्माण कार्यमा लागेका सरोकारवालाहरु प्रमुख जिल्ला अधिकारी सबैलाई सम्बोधन गर्दै बिगतको तुलनामा कामहरू अगाडि बढेका भएपनि सोचे जस्तो सन्तोषजनक नरहेको बताउदै समितिको तर्फबाट सरकारलाई कर्णालीवासी र दार्चुलासँग जोडिएका समस्याहरु सम्बोधन गर्न र कार्यान्वयन गर्नका लागि आफू लागिपर्ने सुर्खेतमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

क्याप्सन “जहा समस्या त्यहीवाट नीति तथा योजना बन्नुपर्छ भन्ने मान्यताका साथ सभापती खड्का हुम्लाको राजनैनिक दलकोतर्फवाट तयार गरेको ज्ञापनपत्र बुझ्दै । फोटो-सम्पती न्युज

आफ्नो नेतृत्वमा रहेको बिकास समितिको माननीय सांसदहरुको टोली हुम्लाको सिमिकोट पुगि त्यहाँ जम्मा भएका जिल्लाका सबै राजनीतिक दलका नेताहरू मार्फत समस्याहरु बुझ्ने काम समेत समितिले गरेको थियो ।

समितिले सेनाको सहयोगमा अगाडि बढाएको हिल्सा देखी बादर खेला अनि दार्चुलासम्मको निर्माणाधीन सडकको अवलोकन मात्रै गरेन बझाङमा समेत गएको बिकास समितिले बाढीबाट पुगेका क्षतिग्रस्त सडक तत्कालै निर्माण गर्न टोलीसँगै रहेका सडक बिभागका उपमहानिर्देशक शिव नेपाललाई सभापति खड्काले पत्रकार सम्मेलन कार्यक्रमबाटै निर्देशन दिनुभएको थियो ।

अपार सम्भावना बोकेको कर्णालीको भाग्य जोडिएको कर्णाली कोरिडोर चाँडो सम्पन्न गर्न कर्णालीका समग्र समस्या सम्बोधन गर्न टोलीले सरोकारवालाहरुलाई निर्देशन दिएको पत्रकार सम्मेलनमा सभापति खड्काले जानकारी दिनुभयो ।

यसैगरी सिमिकोटमा आयोजना गरिएको कार्यक्रममा हिल्सा सिमिकोट सडक खण्डका प्रमुख बिस्नुदास लामा सडक बिभागका उपमहानिर्देशक नेपाल हुम्ला कि सांसद रंगमति शाहीले आ आफ्नो धारणा राख्नुभएको थियो ।

यसबीच जिल्लामा भोग्नुपरेको समस्याका बारेमा एमाले जिल्ला अध्यक्ष दल रावलले सभापति खडका समक्ष राजनैनिक दलले सँयुक्त रुपमा तयार गरेको ज्ञापनपत्र समेत बुझाउनुभएको थियो ।

बिकट अनि सुदूरपश्चिम र कर्णालीमा बिकास समिको ध्यानाकर्षण

बिकास तथा प्रबिधि समितिलाई बिगतमा भएका जस्तै प्रयासले मात्रै दुर्गम क्षेत्रको बिकासले तीव्रता पाउदैन भनेर नै होला पछिल्लो पटक समितिले त्यस भेगको बिकासमा बढी चासो राखेको देखिएको छ ।

त्यस भेगका जनताका समस्या अनि उनिहरुले भोगेका ब्यथाले मन बिजेकोले नै हुनुपर्छ कर्णाली र सुदूरपश्चिम क्षेत्रमा बिकास तथा प्रबिधि समितिको ध्यानाकर्षण बढी भएको देखिन्छ ।

नेपालको प्राय सवै जिल्ला सदरमुकामलाई सडक संजालले जोडे पनि हुम्लाको सिमिकोटलाई अझै जोड्न सकेको छैन ।

हुम्लाको दुलिगुना–लाली बगर खण्डको करिब ११ किलोमिटर सडक निर्माण गर्न अझै बाकी छ ।

हुम्लावासीको यही पिडा भित्र लुकेको दर्दनाक ब्यथा बुझेरै व्यबस्थापिका संसद अन्तर्गत रहेको बिकास समितिका सभापति कल्याणीकुमारी खडकाले कर्णाली प्रदेशभित्रका सबै जिल्लामा सवारी साधन चढेरै हप्तौं लगाएर जनताले भोगेका पिरमर्का बुझ्दै जाने क्रममा जुम्ला पुग्दा दोश्रो भेरियन्ट कोभिडबाट संक्रमणमा पर्दा रोकिनुपरेको थियो ।

कर्णाली बनाऔँको बिकासे यात्रा फेरि शुरुभएसँगै समितिले बारम्बार ताकेता गर्दा पनि नभएपछी सेनालाई समन्वय गराई रोकिएका कामहरुलाई सुचारु गराउन समिति सफल भएको थियो ।

यससँगै पटक पटक सरकारले गरेको आग्रह पछि फेरि कार्तिक ११ गते पुन समितिले राखेको चासोले बिकासको दियोमा तेल थप्ने कार्य गरेको छ ।

जस्को फलःस्वरुप कर्णाली कोरिडोर परियोजना यथाशीघ्र सम्पन्न गराउन नेपाली सेना थप अग्रसर भएर लागेको छ ।

अभियानमा हुम्लाको सिमिकोट सुदूरपश्चिम प्रदेशको बाजुरा अनि दार्चुलासम्मका परियोजनाको स्थलगत निरीक्षण पश्चात् व्यबस्थापिका संसद बिकास तथा प्रबिधि समितिका सभापति कल्याणीकुमारी खड्काले जनता सामु उभिएर दिनुभएको निर्देशनले त्यस भेगका नागरिकमा थप आशा जगाएको छ ।

क्याप्सन “जनातको समस्या नेताले घरदैलोमै गएर बुझ्नु पर्छ भन्ने मान्यताका साथ सभापती खड्का दार्चुलाका स्थानिय पिरमर्का बुझ्दै । फोटो-सम्पती न्युज

सरकार माथिको आक्रोश स्वभाविक नै छ भन्ने कुरा त्यहाँका भोगाइहरुले पुष्टि त गराएको छ तर जे होस समितिका सभापति खड्काले निरन्तरता दिनुभएको यो अभियानमा साँच्चै बिगतका थालिएका परम्परागत शैली भन्दा बिल्कुलै भिन्न थियो भन्ने कुरा बझाङमा राखिएको कार्यक्रम जहाँ त्यहाका वास्तविक समस्या र बिषयबस्तुले संकेत गरेको छ ।

यसअघि सभापति खड्काको पटक पटकको निर्देशनमा समेत काम हुन नसकेपछि आफ्नो समितिका जिम्मेवार सदस्यहरुलाई साथमै लिइ कर्णाली र सुदूरपश्चिमका बाढी पहिरोबाट क्षति भएका स्थलहरुमा पुगि जनताको पिरमर्का बुझ्न पुग्नुभएको हो ।

दार्चुलामा केही समय अगाडि भारतीय एसएसबीले काटिदिएको तुइनबाट खसेर बेपत्ता जयसिंह धामी खसेको स्थममै पुगि तेह्र हजारको बसोबास रहेको त्यस ब्याँस गाउपाँलिकाकाअध्यक्ष दिलिप सिह बुढाथोकीसहितको टिमलाई भेटी सभापती खड्काले बेपत्ता धामी परिवारको अवस्था बुझ्नुभयो ।

साथै भोलीका दिनमा अरुले पनि धामीको नियति भोग्न नपरोस् भन्दै आफ्नो तर्फबाट सक्दो पहलकदमी लिने भनिरहँदा भारतीय दबदबामा थिचिएका अनि पिल्सिएका त्यस सिमा क्षेत्रमा बसोबास गर्ने नेपाली भन्दै थिए हामीलाई ठूलो भरोसा जागेको छ ।

त्यहाँको स्थलगत अवलोकनको क्रममा त्यहाँका स्थानीयहरुको समस्या हेर्दा सहभागि सबै जना भाबुक बन्न पुगेका थिए ।

भौगोलिक बिकटताले ठगिएको त्यस ठाउँमा राज्यले ठग्ने गरेको आरोप लागिरहँदा सडक निर्माणका निम्ति लागेका ठेक्का एकतर्फी ठेकदारले नै तोडदिँदा दार्चुला जोड्ने सडकको सन्दर्भमा लागेको आरोपलाई थप पुष्टि समेत गराएको छ ।

चौतर्फी चुनौती बोकेर उभिएको यस क्षेत्रका आइपर्ने उल्झनलाई पार लगाउन भएका हरेक कोसिस बिफल बन्दै गएपछि समितिले निर्माण कार्यलाई तीव्रता दिन र सरकारी प्रक्रिया पूरा गराउन समितिका सभापति खड्काले महत्वपूर्ण भुमिका खेलेको नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी संजय केसीले बताएका छन् ।

क्याप्सन “कर्णाली करिडोर सडकको स्थलगत अनुगमन पश्चात नेपाली सेनाबाट खुलालु लैफु सलिसल्ला सडकखण्डको कार्य प्रगती विवरणवारे जानकारी लिदै सभापती खड्का । फोटो सम्पती न्युज

निर्माण कार्य अघि बढाउन नेपाली सेनासँग जोडिएसँगै पछिल्लो समय निर्माण भएको वादर खेला भिर–सलि सल्ला खण्डको स्थलगत अनुगमन गर्नाले पहाड हेरेर भगवान पुकारेर बस्ने मानिसमा समेत आशा जगाएको हुम्लाका नेकपा एकीकृत समाजवादीका नेता हस्त शाहीले सम्पत्ति न्युजलाइ बताए ।

अनुगमन टोलीसित सभापति सहित सांसद संजय गौतम ,रंगमति शाही यज्ञराज सुनुवार रामबहादुर बिष्ट राजेन्द्र गुरुङ लगायतका हुनुहुन्थ्यो भने सेना बिकास निर्देशनालयका प्रमुख प्राविधिक साहायक रथी कमल बिक्रम शाह र सडक बिभागका उपमहानिर्देशक शिबप्रसाद नेपाल हुनुहुन्थ्यो ।

प्रकाशित मिति:November 1, 2021