प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा: राजेन्द्र राईको बाटो खुल्ला

Nepal Cover
१५ कार्तिक २०७८, सोमबार
image

मोरङ-प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् ।

आज दिउँसो संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएका हुन्।

एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए ।

नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो।

जनताको विश्वास भएपनि संसदको अंकगणितको कारण राजीनामा दिनु परेको मुख्यमन्त्री आचार्यले बताएका छन्।

भीम आचार्यले पदबाट राजीनामा दिएसँगै राजेन्द्र राईको मुख्यमन्त्री बन्नेबाटो खुल्ला भएको छ ।

नेकपा समाजवादीले यस अघिनै राजेन्द्र राईलाई प्रदेश १ को मुख्यमन्त्रीको रुपमा सिफारिस गरिसकेको छ ।

सम्भवत भोली राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीको रुपमा नियुक्त हुने छन् ।