केपी ओलीको ठेक्कापट्टा मोह: अझै चलखेलमा

  Sampatti News

November 1, 2021

काठमाडौ–केपी ओलीकोे चारवर्षे कार्यकाल निकै विवादास्पद रह्यो । ठुला ठुला गफ दिने ओलीले काम भने अर्थोपार्जन केन्द्रीत बनाए ।

आफुलाई शक्तीशाली बनाउने ध्याउन्नमा सुरक्षा संयन्त्र लगायत ठुला बजेटका योजना परियोजना, सार्वजनिक खरिद अनुगमन समिती लगायतका कार्यलय आफु मातहत ल्याएर ओलीले गएको ३ वर्ष निकै दम्भ देखाएर प्रधानमन्त्री पदमा आसिन रहे ।

कमिसनको चक्करमा देसको अर्थतन्त्रले नभ्याउने तथा अध्ययन तथा योजना समेत नभएका आयोजना मुखैले बनाएर ठेक्का लागाउने देखी बन्दै नबनेका योजना उदघाटन गर्न समेत ओली पछी परेनन् ।

पछिल्लो समय राज्यमा तिन अंग कार्यपालिका न्यायपालीका तथा ब्यबस्थापिका समेत ब्यवस्थापन गरेर एक्लो बृहस्पती बन्ने सपनामा प्रतिनिधीसभा बिघटन गरेका ओली त्यस्मा भने नराम्ररी पछ्छारिए ।

पहिला न्यायलयवाट २–४ वटा आफु अनुकुल फैसला गराएका ओलीले न्यायलयत मेरै नियन्त्रणको संस्थाहो भन्ने भ्रमले उनलाई राजनीतिक वृतमा कहिले उठ्न नसक्ने गरी पछारिदिएको छ ।

त्यसरी पछारिदा समेत चेत नखुलेका ओली अहिले सरकार बहिर रहदा समेत आफुनिकट जनप्रतिनिधी तथा कर्मचारी मार्फत ठेक्का पट्टामा चलखेल गर्न अग्रसर देखिएका छन् ।

ओलीको यहि चलखेलका कारण महानगरपालीकाको टेकु स्थित बन्न लागेको कार्यलय भवनको ठेक्कामा ब्यापक अनियमितता भएको पाईएको छ ।

५०–५५ करोड रुपैयाँमा निर्माण गर्न लागिएको भवनको ठेक्का केपी ओलीको चलखेलले ७० करोडको बनाएर आफु निकट समानान्तर निर्माण सेवा प्रालिलाई दिलाएको पाइएको हो ।

प्रधानमन्त्री ओली सरकारबाट बाहिरिदै गर्दा प्रधानमन्त्री कार्यालय मातहत रहेको सार्वजनिक खरिद पुनरावलोकन समितिबाट हतारहतार निर्णय गराई समानान्तरलाई महानगरपालीकाको कार्यलय भवनको निर्माण जिम्मा ओलीको चलखेलमा दिईएको छ ।

महानगरपालिकाले उक्त भवन निर्माणका लागी गत बर्ष बोलपत्र आह्वान गरेको थियो ।

आह्वान गरेको बोलपत्रमा ६ वटा कम्पनीले आवेदन दिएकोमा अन्यसबै कम्पनीको प्राविधिक प्रतिवेदन कारण नखुलाई अस्विकृत गराएर ओलीले आफु मातहत रहेको सार्वजनिक खरिद पुनरावलोकन समितिमार्फत उक्त ठेक्का दिएका रहेछन् । त्यो रहस्य अहिले आएर उजागर भएको छ ।

अन्य कम्पनीले प्राविधिक प्रतिवेदन अस्विकृत हुनुको कारण सोध्दा समेत त्यसको उत्तर नपाएको गुनासो अन्य ६ कम्पनीले गरेका छन् ।

बोलपत्रमा स्थापित निर्माण कम्पनीहरु शर्मा एन्ड कम्पनी,रबिना श्यामसुन्दर जेभी,गौरी पार्वती–बिकोई बिल्डर्स जेभी,आशिष–लुम्बिनी–रमन जेभी तथा कन्टेक–धर्म एस जेभीले प्रतिस्पर्धा गरेका गरेका थिए ।

तर उक्त ठेक्कामा ओलीको सिफारिसमा परेको कम्पनी समानान्तर निर्माण सेवाको मात्र प्राविधिक प्रस्ताव स्वीकृत गरिएको थियो ।

समानान्तरले उक्त भवन निर्माणका लागि ६९ करोड ५८ लाख १९ हजार ३५९ रुपैयाँ (मूल्य अभिवृद्धि करबाहेक) कबोल गरेको थियो ।

सोही अनुसार महानगरपालिकाले असार १५ मा समानान्तरसँग आर्थिक प्रस्ताव मागेर बोलपत्र स्वीकृत गरेको सूचना प्रकाशित गरेको थियो ।

समानान्तरले ठेक्का पाएपछि आवेदन दिने अरु कम्पनी कानुनी लडाइँमा गएका छन्।

समानान्तर निर्माण सेवाको मात्र प्राविधिक प्रस्ताव स्वीकृत गर्ने भन्दै महानगरपालिकाले असार ७ गते सूचना प्रकाशित गरेपछि असार ११ गते रबिना–श्यामसुन्दर जेभीले आफूहरुको प्राविधिक प्रस्ताव किन अस्वीकृत भएको हो, जानकारी पाउँ र सो विषयमा पुनरावलोकन गरी पाउँ भन्दै नगर कार्यपालिकाको कार्यालयमा निवेदन दिएका थिए ।

निवेदनमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ अनुसार पुनरावलोकन गरी दफा ४७ (६) बमोजिम जानकारीको माग गरिएको थियो भने सो को जानकारी एवं निर्णय नहुञ्जेलसम्म आर्थिक प्रस्ताव खोल्ने कार्य स्थगित गर्न पनि माग गरिएको थियो । तर, महानगरपालिकाले चित्तबुझ्दो जवाफ नै नदिइ ओलीको दबावमा आर्थिक प्रस्ताव खोलेको थियो ।

आर्थिक प्रस्ताव खोल्ने कार्य हतारमा गरिनु राजनीतिक दबावका कारण भएको र हतार हतारमा समानान्तरको नाममा ठेक्का पारित गरिएको जानकारहरुले बताएका छन् । ओली सरकारबाट आउट हुने टाईममा यो सबै काम सम्पन्न भएको हो ।

हतारमा प्राविधिक प्रस्ताव खोल्दै ठेक्का स्वीकृतिसमेत दिइएको भन्दै रबिना–श्यामसुन्दर जेभीले प्रधानमन्त्री कार्यालय मातहत रहेको सार्वजनिक खरिद पुनरावलोकन समितिमा पुनरावलोकनका लागि निवेदन दिइएकोमा प्रम ओलीको ठाडो निर्दैशनमा समितिले समेत महानगरको निर्णयलाई सदर गरेको थियो ।

समानान्तर निर्माण सेवालाई बढी मुल्यमा ठेक्का दिन भएको खेल

काठमाडौ महानगरपालीकाले टेकु स्थित बन्न लागेको कार्यलय भवनको ठेक्काका लागी चैत्र ३१ टेन्डर आह्वान गर्यो ।

टेन्डर आह्वान पश्चात उक्त बोलपत्रमा स्थापित निर्माण कम्पनीहरु शर्मा एन्ड कम्पनी, रबिना श्यामसुन्दर जेभी, गौरी पार्वती–बिकोई बिल्डर्स जेभी, आशिष–लुम्बिनी–रमन जेभी तथा कन्टेक–धर्म एस जेभी तथा समानान्तर निर्माण सेवाले प्रतिस्पर्धा गरेका गरेका थिए ।

बोलपत्रमा आवेदन दिए पश्चात समानान्तर निर्माण सेवाका निर्देशक केशव प्रसाद खरेलले महेश बस्नेतसँग भेटघाट गरे गोदावरीमा बनेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रको टेन्डर देखीनै केशव प्रसाद खरेलकोे महेश बस्नेतसँग निकटता रहदै आएको थियो ।

उक्त भेटघाटमा गोदावरीको अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन केपी ओलीको हातवाट गर्ने कुराकानीको साथै काठमाडौ महानगरपालीकाले टेकु स्थित बन्न लागेको कार्यलय भवनको ठेक्का आफुलाई पार्नेवारे सकारात्मक बार्तालाप भयो ।

तत् पश्चात जव केपी ओली यसैसाल बैशाख ३१ गते उक्त अन्तराष्ट्रिय सम्मेलन केन्द्र उदघाटन गर्न पुगे उनले समानान्तर निर्माण सेवालाई धन्यवाद दिए ।

जस पश्चात काठमाडौ महानगरपालीकाले टेकु स्थित बन्न लागेको कार्यलयवारे महेश बस्नेतसँग लेनदेनमा कुराकानी मिल्यो र केपी ओलीले विद्यासुन्दर शाक्यलाई वालुवाटार बोलाएर समानान्तर निर्माण सेवालाई उक्त काम दिन निर्देशन दिए ।

शाक्यकै निर्देशनमा महानगरपालीकाले समानान्तर निर्माण सेवा बाहेक अन्य कम्पनीको प्राविधिक प्रतिवेदन नै अस्विकृत गर्यो र समानान्तर निर्माण सेवासँग आर्थिक प्रश्तावमाग गर्यो ।

५०–५५ करोडको आर्थिक प्रश्तावको तयारी गरेको समानान्तर निर्माण सेवाले रातारात ७० करोडको आर्थिक प्रश्ताव बनाएर महानगरपालीकामा पेस गर्यौ ।

समानान्तर निर्माण सेवाले सबैको प्राविधिक प्रतिवेदन अस्विकृत भएको फाइदा उठाउदै १५ देखी २० करोड बढी पैसामा ठेक्का सम्झौता गर्न सफ भएको छ ।
उक्त पैसा केपी ओलीले हाल आएर जिल्ला तह लगायतका चुनावी वार्मअपमा खर्च गरिहरेका छन् ।

नेपालको संस्थागत भ्रष्टाचारका प्रर्वधक केपी ओलीको गुटले आउदो चुनावमा भोट किनेरै जित्ने मनसायका साथ सार्वजनिक खरिद अनुगमन समिति आफु मातहत ल्याएर अर्थ संग्रह गर्दै आएका थिए ।

त्यस्को साथसाथै ओम्नी, वाइडवडी, सेक्युरिटी प्रिन्टीङ्ग प्रेसमा ब्यापक चलखेलका साथ अगाडी बढे ।

त्यस बाहेक प्रधानमन्त्री ओलीको मृगौलामा समस्या हुदा एनसेलको आयकर मुद्धामा अदालतमा चलखेल गरी फैसला भईसकेको मुद्धामा कर घटाएर ब्यतीगत फाईदा लिए । एनसेलको कर घटाएवापत एनसेलका नेपाली लगानीकर्ताको खर्चमा सिंगापुरमा गएर उपचार गराए ।

प्रधानमन्त्री पदवाट पछारिय पछी वर्वराउदै हिड्ने गरेका ओली अहिले आफु निकटका जनप्रतिनीधि मार्फत ठेक्का पट्टाको खेलमा सक्रिय देखिएका छन् ।

एमाले पार्टीलाईनै ओली एण्ड कम्पनीमा रुपान्तरण गरेका ओली अब चलखेल गर्दै अर्थसंग्रह तथा अद्योगती तर्फ वर्वराउदै उन्मुख छन् ।

अहिले आएर ओलीले यिनै संग्रह गरेका पैसाले आफ्ना पार्टीमा फरक मत राख्नेलाई खेदो खन्ने तथा माधव कुमार नेपालले स्थापना गरेको पार्टी विस्तार कार्यलाई अदृस्य रुपमा अवरोध गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।

प्रकाशित मिति:November 1, 2021