एमालेले आज पनि संसद् अवरोध कायमै राख्ने
काठमाडौं । एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध जारी राख्ने भएको छ । साउन १० गते बसेको प्रतिनिधिसभा बैठक एमालेकै अवरोधका कारण रोकिएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । एमालेले एक क्विन्टल सुन बरामद काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । संसदको अवरोध खुलाउन सोमबार बिहान प्रधानमन्त्री…
सम्पत्ती न्यूज
१५ श्रावण २०८०, सोमबार