फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गर्न माग

  Sampatti News

July 30, 2023

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले भ्रष्ट्राचार र फौजदारी अभियोग कानुनी विषय भएकाले यसलाई भावनात्मक बनाउन नहुने बताएका बताएका हुन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेता पौडेलले फौजदारी अभियोग लागेपछि पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने व्यवस्थाको कडाइका साथ पार्टीले पनि कार्यान्वयन गर्नुपर्ने बताए । उनले अभियोग लागेपछि छानबिन पूरा नहुँदासम्म पनि निलम्बन हुने वैधानिक व्यवस्था हुनुपर्ने बताए ।

प्रकाशित मिति:July 30, 2023