मञ्जुश्री फाइनान्सको नाफामा उछाल, ११६ प्रतिशतले बढ्यो

  Sampatti News

August 9, 2021

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ११५.८१ प्रतिशत बढेर ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको खुद नाफा २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी २८.६१ प्रतिशत घटेर २८ करोड ११ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३९ करोड ३७ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ३०६.४७ प्रतिशत बढेर ४८ करोड ५६ लाख २७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा फइनान्सको वितरण योग्य मुनाफा ११ करोड ९४ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ११३.६९ प्रतिशत बढेर ८० करोड ९३ लाख ९३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सले ३७ करोड ८७ लाख ७६ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

फाइनान्सको नेट फि तथा कमिशन आम्दानी ३७.०७ प्रतिशत बढेर ४ करोड ५५ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

फाइनान्सको चुक्ता पूँजी १८ प्रतिशत बढेर ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ, जगेडा कोष ५७.८७ प्रतिशत बढेर ७६ करोड ७८ लाख २० हजार रुपैयाँ, निक्षेप ५२.३६ प्रतिशत बढेर ८ अर्ब ९१ करोड ७ लाख ७० हजार रुपैयाँ र कर्जा ५.४८ प्रतिशत बढेर ६ अर्ब २० करोड ५० लाख ३४ हजार रुपैयाँ रहेको छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६७ पैसा बढेर ५८ रुपैयाँ ८५ पैसा पुगेको छ । फाइनान्सको मूल्य आम्दानी अनुपात २१.७५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:August 9, 2021