हितेन्द्रदेव शाक्य ऊर्जा आयोगमा सचिवसरहको पूर्णकालीन सदस्य नियुक्त, मासिक कति पाउँछन् ?

  Sampatti News

August 12, 2021

काठमाडौँ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सचिवसरहको पद सिर्जना गरी पूर्णकालीन सदस्य नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेसँगै शाक्यलाई सोही सरहको सेवा सुविधा पाउने गरी विशिष्ट श्रेणीको पद(सचिव)मा सम्मानजनक नियुक्ति गर्ने निर्णय गरेको हो ।

सिंहदरवारस्थित ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेको सचिवालयमा विशिष्ट श्रेणीको पद सिर्जना गरी ४ वर्षका लागि शाक्यलाई पूर्णकालीन सदस्य नियुक्त गरिएको हो । शाक्यले आयोगमा विज्ञकारुपमा काम गर्नेछन् ।

शाक्यले हाल मासिक तलब २ लाख २१ हजार रुपैयाँ र कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रोत्साहन भत्ता खाईपाई आईरहेका थिए । त्यसमा थप ‘लिडरसिप एलाउन्स’ बापतको दुई लाख सहित शाक्यले मासिक ४ लाख रुपैयाँभन्दा बढीको सुविधा पाउँछन् । सो सुविधा नघट्ने गरी शाक्यलाई आयोगमा विज्ञका रुपमा नियुक्त गर्ने निर्णय भएको छ ।

आयोगमा अहिले एक जना सचिव रहने व्यवस्था छ । तर, सरकारले आयोगको गठन आदश नै संशोधन गरेर शाक्यलाई आयोगमै सचिव सहरको नियुक्ति दिएको हो ।

शाक्य गत २०७७ माघमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

प्रकाशित मिति:August 12, 2021