मध्यरातमा ओलीले जारी गरे पाँच बुँदे विज्ञप्तिः अध्यादेश आए सशक्त प्रतिवाद गर्न निर्देशन

  Sampatti News

August 17, 2021

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजन गर्ने गरी अध्यादेश आए सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

सोमबार राती विज्ञप्ति जारी गर्दै सरकारले एमाले विभाजन गर्ने षडयन्त्र गरेको र त्यसका लागि अध्यादेश ल्याउन लागेको भन्दै ओलीले नेता, कार्यकर्ता, सांसदलाई सशक्त प्रतिवाद गर्न निर्देशन दिएका हुन् ।

पार्टी विभाजन गर्नेगरी कुनै पनि प्रकारको अध्यादेश आएको त्यो मान्य र क्षम्य नहुने जनाएका छन् । प्रतिनिधिसभाका सदस्य तथा राष्टियसभाका सदस्यहरुलाई त्यसका विरुद्ध दृढताका साथ उभिन आग्रह समेत गरेका छन् । उनले पार्टीको विवाद मिलाउन १० बुँदे सहमति भैसकेकाले त्यसको पालाना र कार्यान्वन हुने समेत स्पष्ट पारेका छन् ।

सोमबार साँझ उपलब्ध स्थायी कमिटीका सदस्यहरुसँगको छलफलपछि सो विज्ञप्ति जारी गरेका हुन् । साथै पार्टीको स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छन ।

अध्यक्ष ओलीको निवास बालकोटमा सोमबार साँझ बसेको शीर्ष नेताको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेका हुन् ।

स्थायी कमिटी बैठक भोलि ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

प्रकाशित मिति:August 17, 2021