अध्यक्ष माधव नेपाल सहित एकीकृत समाजवादी पक्षका ३२ सांसद र ६० केन्द्रिय सदस्य चन्द्रागिरीमा

Nepal Cover
८ भाद्र २०७८, मंगलवार
image

काठमाडौँ । प्रतावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा वरिष्ठ नेता माधव नेपाल सहित ३२ सांसद र ६० केन्द्रिय सदस्यको जमात चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका छन् । सनाखतका लागि निर्वाचन आयोगले बोलाएको अघिल्लो दिन नयाँ दल दर्ताका लागि माधव नेपाल समुहका सोही नेताहरु चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका हुन्।
निर्वाचन आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ ।

राष्ट्रिय सभा प्रतिनिधी सभाका ३२ सांसद चन्द्रागिरी हिल्स रिसोर्टमा बास बस्न पुगेका छन् त्यस्तै, साविक एमालेको २०३ केन्द्रिय सदस्यमध्ये ६० जना सदस्य चन्द्रागिरी हिल्स गएका हुन्

नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूको आगामी कार्यभार र मार्गको बारेमा छलफल गर्ने उद्देश्यले उनीहरूलाई एकान्तवासमा लगिएको हो ।

मंगलबार थप एक दर्जन जति केन्द्रिय सदस्य र आधा दर्जन सांसद थपिने पनि नेपाल निकट नेताहरुले बताएका छन् । एमाले विभाजन गरि नेकपा(एकिकृत समाजवादी) पार्टी गठनका लागि ३१ जना सांसद वा ४१ जना केन्द्रिय सदस्य आवश्यक पर्छ ।