एमाले तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने

  Sampatti News

September 24, 2021

एमाले तेस्रो धारका नेताहरुले विधान महाधिवेशनको बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म तेस्रो धारका नेताहरु बैठकमा नबस्ने भएका हुन् ।

विधान महाधिवेशनको पूर्व तयारीस्वरुप शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयनका लागी दवाब स्वरुप बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति:September 24, 2021