पाँचदलीय गठबन्धन देसभरी मोर्चाको रुपमा अगाडि बढ्ने नेता नेपालको उद्घोष

  Sampatti News

September 25, 2021

पाँचदलीय गठबन्धन देसभरी मोर्चाको रुपमा अगाडि बढ्ने नेता नेपालको उद्घोष

काठमाडौं-अहिलेको पाँचदलीय गठबन्धन जिल्ला जिल्लामा निर्माण हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

देशव्यापी संगठन बिस्तारमा रहेका नेता नेपालले शनिबार हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले दृत गतीमा देसभरी पाँच दलिय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए ।

नेपालले मकवानपुर जिल्लामा पनि मोर्चा बनाउन कार्यकर्ता भेला मार्फत आग्रह गरेका छन् ।

अरु सँगपनि राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्न उनले कार्यकर्तालाई निर्देशित गरेका हुन् ।

उनले नेता तथा कार्यकर्तालाई घमण्ड नर्गन समेत आग्रह गरेका छन् ।

सम्बोधनका क्रममा उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिएका छन् ।

उनले भने, ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस।’

उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए।

नेपालले भने,‘पदको निम्ति हानथाप होइन। खुबी र क्षमता बढाउनुस। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’

पाँचदलीय गठबन्धन देसभरी मोर्चाको रुपमा अगाडि बढ्ने नेता नेपालको उद्घोष

प्रकाशित मिति:September 25, 2021