सेयर बजारमा तरलता अभाबको प्रभाव: आज ६१.२७ अंकले घट्यो बजार

  Sampatti News

September 26, 2021

सेयर बजारमा तरलता अभाबको प्रभाव: आज ६१.२७ अंकले घट्यो बजार

काठमाडौँ– सेयर बजारमा तरलता अभाबको प्रभाव देखा परेको छ ।

बैक तथा बितिय संस्थामा पैसाको अभाव तथा राष्ट्र बैकको ठुला लगानीकर्तालाई नियन्त्रण गर्ने नीतिले निरन्तर ओरालो लागेको बजार आजपनी घटेको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजार घटेको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्क अनुसार आज सेयर बजार ६१.२७ अंकले घटेर २७५८.४८ अंकमा आएको छ ।

सेयर बजार कारोबारको अन्तिम ३ मिनेटमा २ अंकले घटेर ६१.२७ अंकमा ओर्लिएर २ हजार ७ सय ५८.४८ अंकमा सीमित भएको नेप्सेले जनाएको छ।

सेयर बजार २.१७ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ७ सय ५८.४८ अंकमा सीमित भएको हो।

आज १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ। गत साताको तुलनामा आज कारोबार पनि घटेको छ।

आज म्युचल फण्ड ०.०३ अंकले बढे पनि अन्य समूह घटेका छन् । सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह ३७१ अंकले घटेको छ।

सेयर बजारमा तरलता अभाबको प्रभाव: आज ६१.२७ अंकले घट्यो बजार

प्रकाशित मिति:September 26, 2021