आपूर्तिबाट राजस्व महानिर्देशकको जिम्मेवारीमा सह–सचिव पौडेल

Nepal Cover
१३ आश्विन २०७८, बुधबार
image

आपूर्तिबाट राजस्व महानिर्देशकको जिम्मेवारीमा सह–सचिव पौडेल

काठमाडौँ-सरकारले महावाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशक पदमा कार्यरत प्रकाश पौडेललाई राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ।

सह–सचिव पौडेललाइ सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय माताहत रहेको विभागमा सरुवा गरेको हो ।

यस अगाडी पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट वाणिज्य विभागमा सरुवा भएका थिए ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्य भने गण्डकी प्रदेशमा सरुवा भएका छन् ।

राजस्व अनुसन्धान विभाग राजस्व चुहावट नियन्त्रण गर्ने सरकारको विशिष्टीकृत निकाय हो।

अर्थ मन्त्रालय माताहत रहेको यो विभाग ओली सरकारको २०७४ फागुन १३ गतेको निर्णयानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत क्रियाशील रहेको छ।

आपूर्तिबाट राजस्व महानिर्देशकको जिम्मेवारीमा सह–सचिव पौडेल