October 2, 2021
विजयपुर-व्यक्ति तथा निजी संस्था व्यापक ठगिने गरेको चेक बाउन्सबाट सरकारी कार्यालयसमेत पीडित बन्न थालेका छन् । बुझाउनुपर्ने पर्याप्त रकम नभएको बैंक खाताबाट चेक भुक्तानी गर्नु चेक बाउन्स हो । यस्तो कार्य बैंकिङ कसुर अपराध ठहरिन्छ ।
तर रौतहटको एक नगरपालिकालाई खातामा पैसा नभएको चेक दिने निर्माण व्यावसायीले भने सहजै उन्मुक्ति पाउने भएकाछन् । रौतहटको फतुवाविजयपुर नगरपालिकाले उकजना व्यवसायीबाट पाएको एक करोड ११ लाखको चेक बाउन्स भएको छ । भुक्तानीको टुंगो छैन ।
ठेकेदारले दिएका करोडौ रुपैयांका चेक नसाटिदासमेत सो नगरपालिकाले उठाउने तीर ध्यान दिएको छैन् । सो नगरपालिकाले चेक नसाटिदा पनि राजस्व असुलीका लागि थप प्रयास नगरेको महालेखाले जनाएको छ ।
यसरी चेकमार्फत भुक्तानी लिदा बाउन्स हुन थालेपछि भुक्तानीको माध्यम नै परिवर्तनको आवश्यकता देखिए छ । साह निर्माण सेवाका संचालक तथा नेपाली कांग्रेसका नेता समेत रहेका नागेन्द्र साहले फतुवा बिजयपुर नगरपालिकाको बकैया खोला उत्खनन् गरे वापत एक करोड ११ लाखको चेक नगरपालिकालाई दिएका थिए ।
नगरपालिकाले सो रकम असुलीका लागि पटक पटक ताकेता गर्दा समेत सुनुवाई नभएपछि जिल्ला अदालत गौरमा चेक बाउन्सको मुद्धा दर्ता गराएको छ ।
नगरपालिकाले चेक बाउन्सको मुद्धा दर्ता गराउदा समेत ठेकेदार साहले म पैसा तिर्दिन जसरी असुल्नु छ ,असुल्नु भन्दै नगरपालिकालाईनै धम्की दिने गरेको सो नगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रमोद गुप्ताको भनाइ छ।। ठेकेदार साहले सो खोलाबाट उत्खनन् गरेको गिट्टी बालुवा भने नगदै सोही समयमा बिक्रि बितरण गरी सहेकाका छन् ।
नेपाली काग्रेसबाट प्रदेशसभा सदस्यमा रौतहट क्षेत्रनं १ बाट चुनाव लडेका निर्माण व्यावसायी साहले भने आफुले खोला उत्खनन गर्ने बेलामा सम्झौता नगरेका कारण आफुले पैसा नतिरेको बताउदै आएकाछन् ।
तपाईले नगरपालिकाको पैसा किन नतिरेको भन्ने बिषयमा साहले एक संचार कर्मी संग भने नगरपालिकाले मसंग सम्झौतै गरेको थिएन् कसरी पैसा तिर्ने भन्ने जवाफ दिएकाछन् ।ठेगदार साहले यस्ता दर्जनौं ठगीमा आफुलाइ जोडेका छ्न तर पनि उनको धन्धा फस्टाइरहेको छ।
प्रकाशित मिति:October 2, 2021
April 23, 2025
April 23, 2025