प्रदेश १ को प्रदेशसभा बैठक रोक्न कांग्रेस र एमालेको माग

Nepal Cover
७ कार्तिक २०७८, आईतवार
image

विराटनगर – नेपाली कांग्रेसएमालेले आज (आइतबार) बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेर सभामुखलाई निवेदन दिएका छन्।

बैठक रोक्नका लागि काङ्ग्रेस र एमालेले लिखित निवेदन दिएको छ । तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक रोक्न अस्वीकार गरेका छन्।

त्यस्तै नेकपा एमालेले विभिन्‍न मितिमा रहेको स्थानीय तह अधिवेशन, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रहेकाले १५ कात्तिकसम्मका लागि सभा बैठक रोक्नका लागि लिखित पत्र पेश गरेको छ।

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दै छ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आउन लागेकाले आजको बैठक सार्न माग गरिएको बताए।