उपसचिव वा सोसरहको पदका लागि लिएको लिखित परीक्षामा सबै फेल

Nepal Cover
१५ कार्तिक २०७८, सोमबार
image

उपसचिव वा सोसरहको पदका लागि लिएको लिखित परीक्षामा सबै फेल

काठमाडौँ – लोकसेवा आयोगले लिएको उपसचिव वा सोसरहको पदको परिक्षामा सबैजना फेल भएका छन् ।

आयोगले संघीय संसदमा दरबन्दी हुने गरेर उपसचिव वा सोसरहको पदका लागि लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेको जनाएको छ।

आयोगले आइतबार परीक्षाफल प्रकाशित गर्दै कोही पनि उत्तीर्ण हुन नसकेको जनाएको हो ।

लोकसेवा आयोगले गत भदौ ८ र १८ गते लिखित परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले संघीय संसदमा दरबन्दी हुने गरेर उपसचिव वा सोसरहको ३ वटा पदका लागि आवेदन खुलाएको थियो ।

आयोगका अनुसार मागभन्दा कम २ जनामात्र लिखित परीक्षामा सहभागी भएका थिए।

उपसचिव वा सोसरहको पदका लागि लिएको लिखित परीक्षामा सबै फेल