नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका सीईओ उपाध्यायकाे उम्मेदवारी

  Sampatti News

November 2, 2021

नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका सीईओ उपाध्यायकाे उम्मेदवारी

काठमाडौं-कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्यायले नेपाल बैंकर्स संघको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

हाल नेपाल बैंकर्स संघको उपाध्यक्ष रहेका उपाध्यायले आगामी कार्यकालका लागि अध्यक्षमा मनोनयन दर्ता गरेका हुन् ।

अध्यक्षका लागि अनिल कुमार उपाध्यायले उम्मेदवारी दर्ता गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पुष्टी गरेका छन् ।

संघको अध्यक्ष र उपाध्यक्षसहित सबै टिम सर्वसम्मतिमा चयन गराउने गरी वर्तमान कार्यसमिति लागिपरेको बताइएको छ ।

कात्तिक २३ गते हुने बैंकर्स संघको साधारण सभा मार्फत उपाध्यक्षमा एनएमबि बैंकका सिईओ सुनिल केसी, प्रभु बैंकका सिईओ अशोक शेरचन र मेगा बैंककी सिईओ अनुपमा खञ्जेलीले लगायत धेरैले आकांक्षा राखेको बताइएको छ ।

यद्यपी उनीहरुले उम्मेदवारी दर्ता नगरेको हुदा सर्वसम्मतिमा सबै पदाधिकारी चयन गराउने गरी संघले पहल गरेको छ ।

नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका सीईओ उपाध्यायकाे उम्मेदवारी

प्रकाशित मिति:November 2, 2021