November 2, 2021
रौतहट-नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी रहेको बताएका छन् ।
उनले अहिले अर्ली इलेक्सन आवश्यक नभएको बताउदै आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएका छन् ।
गृह जिल्ला रौतहट आएका नेता नेपालले मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।
तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने उनले बताए ।
चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्नेमा उनको जोड छ ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने उनले बताए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने,‘प्रधानमन्त्री विदेशबाट फर्किएपछि हामी छलफल गर्छौं ।’
अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका नेता नेपालले उनी निरंकुश र एकल शासन रुचाउने व्यक्ति भएको बताए ।
प्रकाशित मिति:November 2, 2021
November 23, 2024