हेटौंडाबाटै श्रमस्वीकृति लिने व्यवस्था

  Sampatti News

November 2, 2021

हेटौंडा-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले हेटौंडाबाटै श्रमस्वीकृति लिने व्यवस्था मिलाउने भएका छन् ।

मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गर्न आइपुगेका मन्त्री श्रेष्ठले हेटौंडाबाटै श्रमस्वीकृति लिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रमस्वीकृति लिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘अब बैदेशिक रोजगारीमा जानेहरूका लागि देशका अरू ठाउँबाट जसरी श्रम स्वीकृति लिने काम हेटौंडाकै कार्यालयबाट गर्ने व्यवस्था मिलाइनेछ’, मन्त्री श्रेष्ठले भने, ‘देशका बुटबल, जनकपुर, पोखरा, धनगढी लगायतका ठाउँबाट झैं यहाँबाट पनि अब श्रम स्वीकृतिको व्यवस्था गरिनेछ।’

मन्त्री श्रेष्ठले स्थानीय तहलाई संघीयताको अनुभूति हुने गरी सहकार्य गर्दै आफ्नो मन्त्रालयले काम गर्ने बताए ।

श्रेष्ठले श्रम कार्यालय, हेटौंडाको समस्याबारे जानकारी लिँदै प्रदेशको राजधानीमा पहिलेको पूर्वाधार र कर्मचारी संरचनाले मात्रै नपुग्ने भएकाले यसको विकासका लागि आफूले सकेको गर्ने पनि बताए।

उनले आफूले गर्न नसक्ने कुरा नबोल्ने बताउँदै अहिले वैदेशिक रोजगार, सामाजिक कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायतका विभिन्न कार्यक्रमका विषयमा भएका समस्या समाधानका लागि आफू लागिपर्ने बताए।

प्रकाशित मिति:November 2, 2021