विद्युत ऊर्जा क्षेत्रमा नेपालको छलाङ्ग: भारतमा विद्युत निर्यात सुरू

  Sampatti News Online

November 3, 2021

काठमाडौँ-केही बर्ष अघि दैनिक १८ देखी २० घण्टा सम्म लोडसेडिङ्ग भोग्दै आएको नेपालले अहिले आएर विद्युत निर्यात गर्न सुरु गर्यो भन्दा अच्चम्म लाग्न सक्छ ।

तर यो बास्तविक्ता हो नेपालले भारतमा विद्युत निर्यात सुरू गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले हिजो १२ बजे रातिदेखि ढल्केबर९मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरेको हो।

पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिएका छन्।

उनले भनेका छन् ‘हामी विस्तारै निर्यात बढाउँदै लैजान्छौं । क्रमशः ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी तथा ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत गृहबाट पनि भारतीय बजारमा बिजुली पठाउने तयारी गरेका छौं,’।

नेपालले भर्खरै भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाइसकेको छ ।

भारतीय बजारमा विद्युत निर्यात सुरु भएपछि नेपालमा जलविद्युत विकासमा फड्को मार्ने प्राधिरणको विश्वास छ ।

अब प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा विद्युत् बिक्री हुनेछ ।

प्रकाशित मिति:November 3, 2021