बैंकर्स संघको अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध

  Sampatti News

November 3, 2021

काठमाडौं-कृषि बिकाश बैँकका सिईओ अनिल कुमार उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यायले नेपाल बैंकर्स संघको अध्यक्षमा कात्तिक १५ गते उम्मेद्वारी दर्ता गराएका थिए ।

अध्यक्षमा अरुकसैले उम्मेद्वारी नदिएसँगै उनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

कात्तिक २३ गते हुने निर्वाचनको लागि बुधबार २ बजेसम्म मनोनयन गर्ने समय तोकिएको थियो ।

संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माले अध्यक्षका लागि उपाध्यायको मात्रै आवेदन परेको जानकारी दिएका छन् ।

संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिएसँगै आगामी कार्यकालको लागि उपाध्याय निर्विरोध निर्वाचिन हुने भएका हुन् ।

उनी अहिलेको कार्यकालमा उपाध्यक्ष थिए ।

यो सँगै उपाध्याय संघको दुई वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।

प्रकाशित मिति:November 3, 2021