न्युरोडमा जग्गाको मुल्य प्रतिआना ३६ लाख

  Sampatti News

November 8, 2021

काठमाडौं-न्युरोड काठमाडौको मुटुको रुपमा चिनिन्छ । देशकै सबैभन्दा ठुलो ब्यापारिक हवको रुपमा न्युरोड स्थापित भएको छ ।

काठमाडौं महानगरपालिकाले उक्त न्युरोड क्षेत्रको जग्गाको मुल्य निर्धारण गरेको छ ।

सम्पत्ति कर प्रयोजनका लागि महानगरपालिकाले न्युरोडको जग्गाको मूल्य निर्माण गरेको हो ।

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका प्रमुख सडक एवं सडकको दायाँ बायाँका जग्गाहरुको सम्पत्ति कर मूल्याङ्कन प्रयोजनको लागि मूल्य निर्धारण गरेको काठमाडौ महानगरपालिकाले जनाएको छ।

महानगरले अनुसार नयाँ सडक गेटबाट उत्तर हुँदै महाबौद्ध बाट गणेशस्थानसम्म सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरुमूल्य ३६ लाख रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै महाबौद्ध देखि इन्द्रचोकसम्म ओटु मार्ग सडकसँग जोडिएका दायाँ बायाँका जग्गा, दुगमबहिल भौंसीको दोबाटोबाट पश्चिम साविकको रंजनाहलको गेटसम्म, फसिकेव मार्ग र नयाँ सडक पिपलबोट दोबाटोदेखि उत्तर साविकको रंजनासिनेमा हलसम्म सडकसंग जोडिएका दायाँ बायाँका जग्गाको मूल्य प्रतिआना ३६ लाख रुपैयाँ रहेको छ ।

यो दररेट महानगरपालिकाले आगामी आवको बजेट भाषणाको क्रममा सार्वजनिक गरेको भएपनि चलेको दर रेट भने यो भन्दा निकै महंगो रहेको छ । महानगरले राजस्वको लागि उक्त दररेट सार्वजनिक गरेको हो ।

उक्त क्षेत्रको जग्गाको मूल्य सरकारले भनेको भन्दा पनि अहिले खरिद बिक्री गर्ने बिचौलीयाको हातमा रहेको पाइन्छ । उक्त उक्त क्षेत्रको जग्गा प्रतिआना ३६ लाख रुपैयाँ पाउन भने सम्भव छैन ।

प्रकाशित मिति:November 8, 2021