नेपालसँगको छलफलपछी देउवाले बोलाए पाँच दलीय गठबन्धनको बैठक

Nepal Cover
२२ कार्तिक २०७८, सोमबार
image

काठमाडौँ-आज बिहान प्रधानमन्त्री शेर बहादुर देउवाले पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीकाका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् ।

नेता नेपालसँगको छलफलपछी देउवाले आज साझ ५ बजेलाई पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाइएका छन् ।

सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको समाजवादीका एक नेताले जानकारी दिएका छन् ।

आज बस्ने बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताईएको छ ।

गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा रहेपनि राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गरिरहेको छ ।

बैठकमा सरकार सञ्चालनमा सहयोग गर्न पाँच वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाएर अगाडी बढ्ने विषयमा छलफल हुने बताईएको छ ।

संयन्त्र बनाउने बिषयमा माओवादी केन्द्रले निकै बल गरेकाले आजको बैठकमा त्यस बिषयमा निर्णय हुने बताईएको छ।

त्यस बाहेक हालै फिर्ता बोलाइएका राजदुतहरुको ठाउमा गरिने अर्को नियुक्तीकोबारे पनि छलफल हुने स्रोतको दावी रहेको छ ।