३ वटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन

  Sampatti News

November 9, 2021

काठमाडौँ-सरकारले तिनवटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सोमबार तीन प्रदेशमा प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखहरु परिवर्तन गरेको हो ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ।

प्रदेश १ का खापुङ नेकपा माओ‌वादीका नेता तथा पूर्वसभासद् हुन् । त्यस्तै कर्णाली प्रदेशका परियार पनि माओवादी तर्फबाट प्रमुखमा सिफारिस भएका हुन्।

त्यस्तै सुदूरपश्चिम प्रदेशका लागि सिफारिस भएका जोशी कांग्रेस नेता तथा पूर्वसभासद् हुन् । उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन्।

उनीहरुको नाम सिफारिससहित राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।

प्रदेश प्रमुखको नियुक्ति राष्ट्रपति कार्यालयबाट हुने व्यवस्था छ।

प्रकाशित मिति:November 9, 2021