November 10, 2021
काठमाडौँ-सत्तारुढ ५ दलीय गठबन्धनको समन्वय समितिमा नेता नारायणकाजी श्रेष्ठलाई सदस्य पठाउने निर्णय नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गरेको छ ।
समितिमा गठबन्धनभित्रका दलबाट २-२ जना सदस्य रहने छन् ।
नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सदस्य रहेका छन् ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार मंगलवारको स्थायी कमिटी बैठकले गठबन्धनको समन्वय समितिमा पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
माओवादीले आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म तय गरेको छ ।
प्रकाशित मिति:November 10, 2021
November 23, 2024