बाँडफाँटको आधा घण्टामै आइपिओ रिजल्ट हेर्न पाइने

Nepal Cover
२५ कार्तिक २०७८, बिहीबार
image

बाँडफाँटको आधा घण्टामै आइपिओ रिजल्ट हेर्न पाइने

काठमाडौँ-अब आइपिओ शेयर बाँडफाँट भएको आधा घण्टामै रिजल्ट हेर्न पाइने भएको छ ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले आइपिओ शेयर बाँडफाँट भएको आधा घण्टामै रिजल्ट हेर्न पाइने भएको हो।

सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले आधा घण्टामै नतिजा हेर्न मिल्ने गरी व्यवस्थापन गरिएको जानकारी दिएका छन् ।

उनले अब आइपिओको रिजल्ट हेर्न घण्टौँ कुर्नु नपर्ने बताएका हुन्। पछिल्लो समय सिस्टम अपग्रेड गर्दै उक्त सुविधा उपलब्ध गराउन लागिएको आधा घण्टामै नतिजा हेर्न पाइने जानकारी उनले दिएका छन् ।

सिडिएससिले स्तरोन्नति गरेको सिस्टमको परीक्षण मध्ये भोटेकोसीको शेयर बाँडफाँटमै गरिसकेको जानकारी पनि उनले दिएका छन् ।

पछिल्लो समय एकै पटक जति मानिसले नतिजा हेर्ने गरेका थिए त्यसभन्दा बढीले हेर्ने गरी त्यसको क्षमताको विकास गरिएको उनले बताएका छन् ।

पहिले आइपिओ शेयर बाँडफाँट भएको घण्टौ सम्म कुर्नु पर्ने स्थिती रहेको थियो ।

बाँडफाँटको आधा घण्टामै आइपिओ रिजल्ट हेर्न पाइने