वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार

  Sampatti News

November 11, 2021

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार

काठमाडौँ-यस हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार देखिएको नेपाल बैंकर्स संघको रिपोर्टले देखाएको छ ।

गत हप्ता अर्थात् कात्तिक ५ गतेदेखि १२ गतेसम्म २७ वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ४७ अर्ब निक्षेप संकलन गरेकामा यस हप्ता थप एक अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेका हुन् ।

नेपाल बैंकर्स संघले बिहीबार जारी गरेको रिपोर्ट अनुसार गत कात्तिक १२ गतेदेखि कात्तिक १७ गतेसम्ममा कुल ४२ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

तर, सोही अवधिमा कर्जा मागमा भने बढेको संघले जनाएको छ । समीक्षा अवधिमा एक अर्बले निक्षेप बढ्दै गर्दा अधिकतम ७ अर्बले बढी कर्जा माग आएको संघले बताएको छ ।

अघिल्लो हप्ता कुल ४० खर्ब १८ अर्ब कर्जा लगानी गरेका बैंकहरुले यस हप्ता ४० अर्ब २५ करोड लगानी गरेका छन् । यसले अझैपनि बजारमा तरलता अभावको समस्या रहिरहने संकेत गरेको छ ।

प्रकाशित मिति:November 11, 2021