राष्ट्रसंघीय महिला प्रहरीको अवार्ड नेपाल प्रहरी कि डा. संज्ञा मल्ललाई

  Sampatti News

November 12, 2021

राष्ट्रसंघीय महिला प्रहरीको अवार्ड नेपाल प्रहरी कि डा. संज्ञा मल्ललाई

काठमाडौं-११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ नेपाल प्रहरी कि प्रहरी उपरीक्षक डा.संज्ञा मल्ललाई प्रदान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले हरेक बर्ष वितरण गर्ने यस अवार्ड यस बर्ष नेपाल प्रहरी कि प्रहरी उपरीक्षक डा. संज्ञा मल्लले पाउन सफल भएकी हुन् ।

संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा.मल्ललाई उक्त अवार्ड प्रदान गरिएको जनकारी दिएको छ ।

उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ को अवसरमा डा. मल्ललाई दिइएको हो ।

प्रहरी उपरीक्षक डा। मल्लले मोनुस्कोमा कार्यरत रहेदेखि कोभिड-१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छिन् ।

महामारीमा मोनुस्कोमा कार्यरत अनपोल कर्मचारीहरूलाई काउन्सिलिङ गर्न समर्पित भइ उनले काम गरिरहेका छिन्।

वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीहरूलाई सहयोग गर्न उनको योगदान प्रशंसनीय रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।

राष्ट्रसंघीय महिला प्रहरीको अवार्ड नेपाल प्रहरी कि डा. संज्ञा मल्ललाई

प्रकाशित मिति:November 12, 2021