एकीकृत समाजवादी पार्टीको आकर्षण बढ्दा एमाले छोड्नेको लहर: माधव नेपाल

  Sampatti News

November 12, 2021

एकीकृत समाजवादी पार्टीको आकर्षण बढ्दा एमाले छोड्नेको लहर: माधव नेपाल

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टीप्रति देसभर आकर्षण बढेको बताएका छन् ।

आज बानेश्वरस्थित अर्पण बैंक्वेटमा स्थायी कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले भने एकीकृत समाजवादी पार्टीको आकर्षण बढेको छ, ‘साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्यगरी एमाले छोड्नेको त लहरै चलेको छ’, ।

अध्यक्ष नेपालले डडेलधुराबाट एमाले अध्यक्ष सहित ठूलो पंक्ति पार्टी प्रवेश गरेको बताउँदै अन्यत्र पनि उस्तै लहर आएको बताए ।

नेता नेपालले रौतहट, वारा, पर्सा, सुनसरी,मोरङ लगायत देसभरी नै एमाले रितिदै समाजवादी भरिदै गएको उनले बताएका छन् ।

नेकपा माले छोडेर चार नेता पार्टीमा प्रवेश गरेको र अन्य नेताहरुसँग पनि कुरा चलिरहेको नेता नेपालले जानकारी दिए ।

शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक चलिरहेको छ ।

‘केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे छलफल भइरहेको छ’, प्रवक्ता जगनाथ खतिवडाले भने ।

स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल समेत सहभागी छन् ।

मिर्गौला प्रत्यारोपण पछि आराम गरिहेका खनाल पहिलो पटक पार्टी बैठकमा सहभागी भएका हुन् ।

एकीकृत समाजवादी पार्टीको आकर्षण बढ्दा एमाले छोड्नेको लहर: माधव नेपाल

प्रकाशित मिति:November 12, 2021