नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक हेरिटेज गार्डेनमा सुरु

  Sampatti News

November 13, 2021

नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक हेरिटेज गार्डेनमा सुरु

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक सुरु भएको छ ।

माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीको बैठक ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो ।

अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गरेका छन्।

बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनको आजको बैठकले संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषयमा छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

बैठकले यसअघि पार्टी सचिवालय लगायतले गरेका निर्णयको समेत अनुमोदन गर्ने बताइएको छ।

केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । पार्टी गठनपछि भने यो दोस्रो केन्द्रीय कमिटी बैठक हो ।

केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उद्देश्यले हिजो बानेश्वरमा स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकले एमालेसहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकाहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरेको थियो ।

स्थायी कमिटीले निर्धारण गर्ने उक्त मापदण्ड आज केन्द्रीय कमिटी बैठकमा पेश गरिने र छलफल पश्चात पारित गरिने छ ।

नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक हेरिटेज गार्डेनमा सुरु

प्रकाशित मिति:November 13, 2021