सर्वोच्च बाहिर राजावादीको मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

  Sampatti News

November 14, 2021

सर्वोच्च बाहिर राजावादीको मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

काठमाडौं-सर्वोच्च अदालतबाहिर आज राजावादीहरूले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

सर्वोच्चको मूल गेटभित्र कानुन व्यवसायीहरू धर्नामा बसिरहँदा बाहिर उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘नागरिकको न्याय रोक्न पाइँदैन’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मोटरसाइकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई लखेटेको छ ।

सर्वोच्चबाहिर प्रदर्शनमा उत्रिएका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

सर्वोच्च बाहिर राजावादीको मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

प्रकाशित मिति:November 14, 2021