नेकपा समाजवादीको बैठकमा नेताहरुले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै

  Sampatti News

November 14, 2021

नेकपा समाजवादीको बैठकमा नेताहरुले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै

काठमाडौं-नेकपा एकीकृत समाजवादीको ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना भईरहेको केन्द्रीय कमिटी बैठकमा टोली नेताहरुले सुझाव प्रस्तुत गर्न थालेका छन् ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव डा. बेदुराम भुसालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल सकिएपछि समूहगत प्रस्तुति सँगै सुझाव प्रस्तुत गर्न शुरु भएको हो ।

नेपाल, खनाल र भुसालको प्रतिवेदनमाथि छलफल गर्न १० समूह बनाइएको थियो ।

समूहगत छलफल पछि टोली नेताहरुले सुझाव प्रस्तुत गर्न थालेका छन् ।

नेकपा समाजवादीको बैठकमा नेताहरुले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै

प्रकाशित मिति:November 14, 2021