धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा अञ्जन श्रेष्ठ

  Sampatti News

November 15, 2021

धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा अञ्जन श्रेष्ठ

काठमाडौँ-धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट बोर्डको सञ्चालकमा नियुक्त भएका हुन् ।

यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य थिए ।

ढकालले राजीनामा दिएपछि महासंघले श्रेष्ठलाई बोर्डको सञ्चालक सदस्यमा पठाएको हो ।

नवनियुक्त सञ्चालक श्रेष्ठले कात्र्तिक २५ गतेदेखि औपचारिक रुपमा आफ्नो कार्यभारसमेत सम्हालिसकेका छन् ।

बोर्ड सञ्चालक समितिको बैठकमा उपस्थित हुँदै श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा अञ्जन श्रेष्ठ

प्रकाशित मिति:November 15, 2021