November 15, 2021
ईश्वर पोखरेललाई बाहिष्कार गर्ने चेतावनी
काठमाडौं-टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिकामा राजनीतिक पूर्वाग्रह राखेर काम गर्न थालेको वडाध्यक्षले आरोप लागाएका छन् ।
नगरप्रमख अधिकारीले कार्तिक ३० गते राखिएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) बाहेका दललाइ बोलाए पछि समाजवादीका तर्फबाट ९ नम्बर वडाको अध्यक्ष रहेका जेपी नेपालले आपत्ती जनाएका हुन् ।
उनले मेयरले यस्तै गरे आफूहरुले उनको भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।
नगरपालिकाले कोभिड–१९ नियन्त्रणमा सहयोग पुर्याउने र विभिन्न उपभोत्ता समितिमा रहेर काम गरेकालाई सम्मान कार्यक्रम गर्न लागेकोमा सबै दललाई बोलाइए तर, आफ्नो दललाई नबोलाइएको बारेमा वडाध्यक्ष नेपालले आपत्ति जनाउदै कार्यक्रम बाहिष्कार गर्ने बताए ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आथिथ्यतामा हुन लागेको उक्त कार्यक्रम आफूहरुले बहिष्कार गर्ने उनले बताए ।
नेपालले भने, ‘मेयरले आउने निर्वाचनलाई प्रभावित गर्ने गरी यो कार्यक्रम गर्न लागेका हुन् । निर्वाचन आयोगले राष्ट्रिय मान्यता दिएको दललाई कार्यक्रममा बोलाइएन । म यहाँको वडा अध्यक्ष मात्रै होइन, पार्टीको प्रतिनिधि पनि हुँ ।’
कार्यक्रका बारेमा उनीहरुले नगरपालिकाको कार्यकारी अधिकृत प्रकाश आचार्यसँग आफ्नो दललाई किन बोलाइएन भनि जिज्ञासा राख्दा ‘मेयरको आदेश यस्तै छ’, भन्ने जवाफ दिएको उनले बताए ।
मेयरले कुनै हालतमा समाजवादीलाई न बोलाउन आफूलाई भनेकोले बोलाइएन भनि अधिकृत आचार्यले भनेको उनको आरोप छ ।
वडाध्यक्ष नेपाल एकिकृत समाजवादीका टोखा नगरपालिकाका पार्टी प्रमुख समेत हुन् ।
ईश्वर पोखरेललाई बाहिष्कार गर्ने चेतावनी
प्रकाशित मिति:November 15, 2021